Connect with us
Kapilvast Forest

विकासमा विदेशीको नक्कल दुर्भाग्यपूर्ण छ : प्रचण्ड

२०८२, ३१ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशीको नक्कल गर्दा नेपालमा मौलिक विकास हुन नसकेको बताएका छन् । उनले सिर्जनात्मक ढंगले सम्भावनाको सदुपयोग गर्न सके देश आत्मनिर्भर बन्न ढिलो नहुने पनि बताए ।भक्तपुरको चाँगुनारायणलाई एभोकाडो सिटीको रुपमा विकास गर्ने अभियानको आज समापन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले सो धारणा राखेका हुन् । उनले विदेशीको नक्कल गर्नुको साटो स्थानीय स्रोत, साधनको सदुपयोग गर्दै अभियान अघि बढाए मौलिक विकासको मोडेलसहितको देशमा बन्ने बताए ।

‘हामीकहाँ अलि बढी विदेशी नक्कल गर्ने जो भयो, त्यो दुर्भाग्यपूर्ण छ,’ प्रचण्डले भने, ‘हाम्रो सिप, हाम्रो श्रम, हाम्रो स्रोत र हाम्रो साधनलाई हाम्रै तरिकाले अगाडि बढाउने कुराको एउटा अभियान चलाउन सकियो भने मलाई लाग्छ नेपाल साँच्चै संसारभरिकै सुन्दर त यसै छ, यसलाई मौलिक विकासको मोडेलसहितको देशमा बदल्न सकिन्छ ।’भक्तपुरको चाँगुनारायण नगरपालिकालाई एभोकाडो शहरको रुपमा विकास गर्ने उद्देश्यले गत साउन एक गतेदेखि अभियान सुरु भएको थियो ।

यो अभियानको प्रत्येक घरपरिवारलाई एभोकाडो फलका २ वटा बिरुवा निस्शुल्क प्रदान गरिएको थियो । यो अभियानलाई ३ वर्षसम्म सञ्चालन गरी चाँगुनारायणलाई एभोकाडो सिटीको पहिचान दिने लक्ष्य रहेको अभियानका संयोजक नरेश खड्काले बताए ।हाल नेपालको धनकुटालाई एभोकाडोको राजधानी भनेर चिनिन्छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu