Connect with us
Kapilvast Forest

कपिलवस्तुको महाराजगञ्ज विकासको ‘गोल्डेन इयर’

२०८२, ५ भाद्र बिहीबारमा प्रकाशित

 

  1. महाराजगञ्जमा १२.३ कि.मि. पक्की सडक निर्माण, जनताले पाए सहजता
  2. १२२ हैण्डपम्प जडानसहित नगरमा सुरक्षित खानेपानीको पहुँच विस्तार
  3. शिक्षा क्षेत्रमा ४ विद्यालय भवन र स्वास्थ्यमा नयाँ बर्थिङ सेन्टर निर्माण सम्पन्न
  4. समृद्धिको बाटोमा महाराजगञ्ज: महिलामुखी कार्यक्रमलाई प्राथमिकता
  5. नगर प्रमुख अब्दुल कालम: ‘सामूहिक प्रयासमै विकासको मूल आधार’
  6. नगर उप–प्रमुख रीता कुर्मी: ‘समावेशी सहभागिताबिनाको विकास अधुरो हुन्छ’
  7. प्रशासकीय अधिकृत रेग्मी : ‘विकास कार्य पारदर्शी ढंगले सम्पन्न भएका छन्’
  8. स्थानीयवासीको प्रतिक्रिया: छोटो समयमा देखिएको प्रगति प्रशंसनीय
  9. महाराजगञ्ज नगरपालिकाको २०८१/८२ आर्थिक वर्षलाई विकासको ‘गोल्डेन इयर’

कपिलवस्तु– आर्थिक वर्ष २०८१/८२ मा महाराजगञ्ज नगरपालिकाले उल्लेखनीय विकास उपलब्धि हासिल गरेको छ । सडक, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै नगरले सम्पन्न गरेका कामहरूले स्थानीय बासिन्दाको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याएको छ।
नगरपालिकाले यस अवधिमा १२.३ किलोमिटर पक्की सडक, ७.५८ किलोमिटर ग्राभेल सडक निर्माण सम्पन्न गरेको छ । खानेपानी योजना अन्तर्गत १२२ वटा हैण्डपम्प जडान गरिएको छ भने शिक्षा क्षेत्रमा ४ वटा विद्यालयको भवन निर्माण सम्पन्न भएको छ । यस्तै, स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न १ वटा बर्थिङ सेन्टरको निर्माण सम्पन्न गरी सेवा सञ्चालनको तयारी गरिएको छ ।
नगर प्रमुख अब्दुल कलामले यी उपलब्धिहरू सामूहिक प्रयासको नतिजा भएको भन्दै भन्नु भयो, “महाराजगञ्जमा देखिएको विकासको गति हाम्रो सामूहिक प्रयासको परिणाम हो । जनताको सक्रिय सहभागिता, जनप्रतिनिधिको प्रतिबद्धता र कर्मचारीको निरन्तर मेहनतले नगरलाई नयाँ स्तरमा पुर्‍याएको छ ।”
नगर उप प्रमुख रीता कुमारी कुर्मीले महिला र विपन्न वर्गलाई लक्षित कार्यक्रमलाई अझ सबल बनाइने उल्लेख गर्दै भनिन्, “विकासको मूलमा समावेशी सहभागिता आवश्यक हुन्छ । महिला उद्यमशीलता, सीप विकास र शिक्षा क्षेत्रमा नगरले विशेष प्राथमिकता दिएको छ ।”
प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मीले सम्पन्न कामहरूको तथ्याङ्क प्रस्तुत गर्दै भन्नु भयो, “आर्थिक वर्ष २०८१/८२ मा १२.३ कि.मि. पक्की सडक, ७.५८ कि.मि. ग्राभेल सडक, १२२ वटा हैण्डपम्प जडान, ४ वटा विद्यालय भवन तथा १ वटा बर्थिङ सेन्टर निर्माण सम्पन्न गरिएको छ । यी कामहरू पारदर्शी ढंगले सम्पन्न गर्दै जनताको पहुँचमा आधारभूत सुविधा पुर्‍याउन सफल भएका छौं । आगामी दिनमा अझै गुणात्मक विकासका कामलाई तीव्रता दिने हाम्रो प्राथमिकता हुनेछ ।”
स्थानीयवासीले नगरपालिकाले छोटो समयमा देखाएको प्रगतिको प्रशंसा गरेका छन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu