Connect with us

पूर्वप्रधानमन्त्री खनाल स्वदेश फर्कंदै

२०८२, ११ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौ

पत्नी रवीलक्ष्मी चित्रकारको उपचारका लागि भारतमा रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज स्वदेश फर्कंदैछन् ।उपचार जारी रहेपनि खनाल पार्टी बैठकका लागि स्वदेश फर्कन लागेका हुन् । खनाल निकट स्रोतका अनुसार उनी साँझ ६ बजे काठमाडौं आउँदैछन् ।नेकपा एकीकृत समाजवादीभित्र मतभेद बढ्दै गएपछि खनाल बैठकमा सहभागी हुन आज काठमाडौं आउन लागेको नेताहरुले बताएका छन् ।

केही समयअघि दिल्लीबाटै खनालले वक्तव्य जारी गर्दै पार्टी एकता प्रक्रियालाई बेमौसमी बाजा भनेका थिए ।तर माओवादी केन्द्रसँग एकता प्रक्रिया अगाडि बढेपछि खनाल आफैं बैठकमा सहभागी हुन काठमाडौं आउन लागेका हुन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu