Connect with us
Kapilvast Forest

गैरजिम्मेवार प्रहरी : खुसिको शव नक्कली अभिभावकलाई बुझाइयो

२०८२, १८ कार्तिक सोमबारमा प्रकाशित

कपिलवस्तु
दुर्घटनामा मृत्यु भएकी आफ्नी १३ बर्षिया छोरीको शव माग्दै एक दम्पत्ति १ साता देखि जिल्ला प्रहरी कार्यालय धाइरहेका छन् ।

भारत सिद्धार्थनगर बर्डपुर घर भई मायादेवी १ पकडीमा मजदुरी गर्दै आइरहेका हरीचन्द्र मल्लाह दुर्घटनामा मृत्यु भएकी छोरीको शव र सवारी चालक माथि जाहेरी लिएर प्रहरी कार्यालय धाउन थालेको एक हप्ता वितिसक्दा समेत प्रहरीले जाहेरी दर्ता गरेको छैन ।

प्रहरीले उल्टै मल्लाह दम्पत्तिलाई तिमिहरुको छोरीको शव उनको श्रीमानको जिम्मा लगाएको भन्दै कार्यालयबाट लखेटिरहेको छ ।

तर पीडित मल्लाहले आफ्नी १३ बर्षिया छोरी खुशीको विवाह नै नभएको र प्रहरीले घटनाको जाँचबुझ नै नगरी हतारमा बाहिरी व्यक्तिलाई शव बुझाएको आरोप लगाएका छन् ।

यस्तो छ घटना ः पकडीका स्थानीय ताल तलैयामा सिंगडा खेती गर्दै आएका मल्लाह धान स्यहार्न भारत सिद्धार्थनगर स्थित घरमा श्रीमती सहित कार्तिक १ गते गएका थिए ।

घरभाडामा बसेका घरबेटी पर्शुराम तेलीलाई आफ्नी १३ बर्षिया छोरी खुशीलाई रेखदेखको जिम्मा लगाएर गएका थिए । सोहि क्रममा कार्तिक २ गते साझ ७ बजे लु १ क ५७८० नम्बरको ट्रकको ठक्करबाट पकडीमै बालिकाको मृत्यु भएको थियो ।

घटनाको जानकारी नभएका उनीहरु कार्तिक ८ गते मात्र फर्केपछि घटनाबारे जानकारी पाएका थिए । सोहि क्रममा घरबेटीका छोरा पिन्टु तेलीले मृतक आफ्नी श्रीमती भएको भन्दै प्रहरीमा जाहेरी दिए । प्रहरीले थप अनुसन्धान नै नगरी सिधै शव पिन्टुलाई जिम्मा लगाए ।

पिन्टुले मृतको शव के गरे भन्ने अझै नखुलेको मृतकका बाबु हरिषचन्द्रले बताए । “मेरो छोरीको विवाहनै भएको थिएन, प्रहरीले नक्कली अभिभावक खडा गराएर दुखः दिएका छ” उनले भने । सवारी र्दुघटनाको क्षतिपूर्ति पाउने लोभमा पिन्टु तेलीले नक्कली श्रीमान बनेको स्थानीय बताउछन् ।

गैरजिम्मेवार प्रहरी ः सवारी दुर्घटनामा मृतकको पहिचान राम्ररी गरेर मात्र पोष्टमार्टम जाहेरी लिने र शव परिवारलाई बुझाउने कार्य प्रहरीको हो । तर कपिलवस्तु प्रहरीले हतार हतारमा शव जिम्मा लगाएको देखिन्छ ।

नाता खुल्ने कुनैपनि कागजात बिना जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी सन्तोष आचार्यको ठाडो निर्देशनमा मृतकको श्रीमान दाबी गरिरहेका पिन्टुलाई प्रहरीले बालिकाको शव दिएको प्रहरी श्रोत बताउछ । “श्रीमान दाबी गर्ने पिन्टु संग नाता खुल्ने कुनै पनि कागज थिएन, माथिबाट दबाब आयो र बुझाइयो, ” एक प्रहरीले भने ।

त्यस्तो अवस्थमा प्रहरीले गाउलेहरु संग सनाखत गर्ने वा मृतक विवाहित भए उनका माइति पक्ष लगायत संग समन्वय गर्नुपर्ने भएपनि त्यसो समेत नगरेको देखिन्छ । यता मृतक बालिकका बाबुआमाले प्रहरीले जाहेरी लिन नमानेपछि हुलाकबाट समेत जाहेरी दिएका थिए तर प्रहरीले त्यो पनि दर्ता नगरेको र प्रत्यक्ष जादा समेत कुनै सुनुवाई नगरेको दुखेसो पोखे ।

“ मेरी छोरीको लाश कहाँ छ, जलाइदिए कि गाडीसके या फालिदिए, अन्तिम पटक हेर्न पाए हुन्थ्यो ” रुदै आमाले भनिन् । तर प्रहरी भने यसबारे केहि बोल्न चाहदैन् । मुद्धालाई प्रत्यक्ष हेरीरहेका प्रहरी नायब निरिक्षक सुशिल केसीले लाश श्रीमानलाई बुझाएको दाबी गरे तर आवश्यक प्रमाण खुल्ने कागज भने नरहेको स्वीकारे ।

सभार: जनास्था डटकम

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu