Connect with us
Kapilvast Forest

जसपाले भन्यो– अर्थमन्त्री ज्यु कार्यालय खारेजीको निर्णय फिर्ता लिनुहोस

२०८२, २१ कार्तिक बिहीबारमा प्रकाशित


न्युजसेन्टर नेपाल-कपिलवस्तु-

अर्थ मन्त्रालयले देशभरका २३ वटा करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय गरेपछि सो निर्णयको विरोधमा जनता समाजवादी पार्टी (जसपा) कपिलवस्तुले ज्ञापनपत्र बुझाएको छ। जसपा कपिलवस्तुका अध्यक्ष इरफान खानको नेतृत्वम ज्ञापन पत्र बुझाइएको हो ।

जसपाले जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत अर्थमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवास्थित करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय तत्काल रोक्न माग गरिएको छ।

ज्ञापनपत्रमा उल्लेख भएअनुसार कपिलवस्तु जिल्लामा रहेका १० स्थानीय पालिकामध्ये ६ पालिकाका सेवा ग्राहीहरू ८ वर्षदेखि सो कार्यालयमार्फत सेवा प्राप्त गर्दै आएका छन्। अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागले कार्यालय खारेज गर्ने निर्णय गरेपछि करदाता सेवामा बाधा पुग्ने भन्दै जसपाले निर्णय फिर्ता लिन माग गरेको हो।

जसपा कपिलवस्तुका अध्यक्ष इरफान खानले सेवाग्राहीको सहज पहुँचका लागि तौलिहवास्थित कार्यालयलाई यथास्थानमा निरन्तर सञ्चालन गर्नुपर्ने बताएका छन्।

उनका अनुसार “जिल्लामा रहेका व्यवसायी, उद्योगी तथा सर्वसाधारणले वर्षौँदेखि तौलिहवाबाटै कर सेवा पाउँदै आएका छन्। यसलाई खारेज गर्नु जनविरोधी कदम हो, जसलाई जसपाले विरोध गर्दछ,” उनले बताए।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu