Connect with us
Kapilvast Forest

कपिलवस्तु मायादेवीका सात कर्मचारी माथी भ्रष्टाचारको मुद्दा

२०८२, १६ मंसिर सोमबारमा प्रकाशित

कपिलवस्तु

कपिलवस्तुको मायादेवी गाउँपालिकाका तीन पूर्वप्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचारमा तानिएका छन् ।

स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालनका निम्ति प्राप्त पेश्की रकम हिनामिनाको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुसहित सात जनाउपर मुद्दा दर्ता गरेको हो । 

मुद्दा चलाइएकामा तत्कालिन प्रमुख प्रशासकीय अधिकृतहरु रामचन्द्र ढकाल, प्रमेश्वर यादव र कृष्णप्रसाद तिमिल्सिनासँगै लेखा अधिकृत प्रकाश गौतम, सिनियिर अहेब महेन्द्रप्रसाद यादव, लेखापाल तुल्सीराम पौडेल र लेखा सहायक गिरीराज गौतम छन् ।
 
आर्थिक वर्ष २०७५–०७६ देखि २०७८–०७८ सम्मको अवधिमा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालनका निम्ति प्राप्त पेश्कीमध्ये ४६ लाख सात हजार तीन सय रुपैयाँ उनीहरुको मिलेमतोमा हिनामिना भएको अख्तियारको ठहर छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सो रकम जफत गरी प्रतिवादीहरुलाई कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।
सभार: जनास्था डटकम

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu