Connect with us
Kapilvast Forest

ईश्वर–सुरेन्द्रलाई ओलीको निषेध राजनीति, शपथमा समेत डाकेनन् 

२०८२, ४ पुष शुक्रबारमा प्रकाशित

ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थनमा अलग्गै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएपछि क्रुद्ध बनेका एमाले अध्यक्ष केपी ओलीले उनीहरूविरुद्ध महाधिवेशनमा निषेधको डन्डा चलाएका छन् ।ओलीले अध्यक्षका उम्मेदवार पोखरेल र महासचिवका उम्मेदवार पाण्डेलाई मात्र होइन, उनीहरूतर्फका पदाधिकारीका उम्मेदवार कसैलाई पनि आफ्नो तर्फबाट खुलातर्फको केन्द्रीय सदस्यको सूचीमा समेत राखेनन् । दुईतिहाइभन्दा बढी मत रहेका ओलीले त्यसरी निषेधको नीति लिएपछि त्यसको असर देखियो, यही कारण पाण्डेले केन्द्रीय सदस्यमै चुनाव हारे ।

ईश्वर प्यानलले केपी ओली र शंकर पोखरेलसहित उनीहरूको प्यानलका अधिकांश पदाधिकारीका उम्मेदवारलाई केन्द्रीय सदस्यको सूचीमा राखेको थियो । ‘हामीले सहकार्यको हात बढायौँ, उहाँले निषेधको नीति लिनुभो । अब यसैगरी पार्टी चलाउन थाल्नुभयो र सबैको योग्यता, क्षमता र योगदान उपयोग गर्ने विषयमा ध्यान दिनुभएन भने त्यसको असर के होला रु’, ईश्वर प्यानलबाट पराजित पदाधिकारीका एक उम्मेदवारले भने ।

निर्वाचित भएका ओलीलाई सामाजिक सञ्जालबाट बधाई दिएका पोखरेल र पाण्डेलाई विजयी बनेपछि ओलीले शपथमा समेत डाकेनन् । बन्दसत्रको अध्यक्षमण्डलको अध्यक्षको हैसियतले ओलीले उनीहरूलाई बोलाउन उपयुक्त ठानेनन्, निर्वाचन आयोगले पनि मुख्य प्रतिस्पर्धीलाई साथमै राख्न चाहेन । बोलावटको आशामा रहेका पोखरेल र पाण्डे दुवैले शपथ समारोहमा भाग लिएनन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu