Connect with us
Kapilvast Forest

कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

२०८२, १२ पुष शनिबारमा प्रकाशित

काठमाडौं –

नेपाली कांग्रेसले महाधिवशेनको कार्यतालिका परिमार्जन गर्ने भएको छ ।केहिदिन देखि जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरि महाधिवशेनको कार्यतालिका परिमार्जन गर्न लागेको हो ।शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पनि सदस्यहरूले तोकिएको समयमा नै महाधिवेशन हुने गरि व्यहारिक कार्यतालिका बनाउनुपर्नेमा जोड दिएका थिए ।

बैठकपछि कांग्रेस नेता मीन विश्वकर्माले यसअघिको कार्यतालिका अनुसार काम हुन नसकेकाले तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरि महाधिवशेनको कार्यतालिका परिमार्जन गर्न लागिएको जानकारी दिए । ‘जुन कार्यतालिका थियो त्यो अलिक अव्यवहारिक भयो भन्ने साथीहरूको गुनासो आयो । किनभने त्यसले क्रियाशील सदस्यता नै हामीले ८ गतेभित्र सक्नुपर्ने थियो । अहिले १२ गते भयो अहिलेसम्म क्रियाशील सदस्यताको इन्ट्रि सम्पन्न भइसकेको छैन,’ विश्वकर्माले भने, ‘क्रियाशील सदस्यता नै हाम्रो प्रारम्भिक मतदाता भएकाले, प्रारम्भिक मतदाता नै स्पष्ट नभइसकेको हुनाले अर्को कार्यतालिका कसरी सार्वजनिक गर्ने भन्नेबारेमा छलफल चलिरहेको छ ।’

तर, साझा कार्यतालिकाबारे टुंगोमा पुग्न नसकेको उनको भनाइ छ । पुस ८ गतेभित्र क्रियाशील सदस्यताको विषय टुङ्गिन नसकेको अवस्थामा अरु कार्यतालिका प्रभावित हुने भएकाले अर्को कार्यतालिका बनाउने बिषयमा बैठक केन्द्रित रहेको उनले बताए ।वडादेखि केन्द्रसम्म नीति र नेतृत्व रुपान्तरण गरेर अघि बढ्नुपर्नेमा अधिकांश सदस्यहरूको जोड रहेको जिकिर उनको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu