Connect with us
Kapilvast Forest

कुटपिट घटनामा शुद्धोदनका अध्यक्ष कमलेशको संलग्नता

२०८२, १३ पुष आईतवारमा प्रकाशित

कपिलवस्तु
कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीमाथि स्थानीय नागरिकमाथि कुटपिट गराएको गम्भीर आरोप लागेको छ।
शुद्धोदन गाउँपालिका–अन्तर्गत विमिहा गाउँमा भएको सामान्य विवादलाई लिएर गाउँपालिका अध्यक्ष चौधरीले मदिरा सेवन गराई नजमा खातुन र उनका छोराहरूलाई कुटपिट गराएको पीडित पक्षको आरोप छ। पीडित नजमा खातुनका अनुसार विवादपछि अध्यक्ष चौधरीको निर्देशनमा उनीहरूलाई कुटपिट गरिएको हो।

स्थानीयवासीका अनुसार विमिहा गाउँका श्याम करण चौधरी, टुम नारायण चौधरी, श्याम चौधरी, राम किशुन चौधरी र पिंकु चौधरीलाई गाउँपालिका अध्यक्ष चौधरीले परिचालन गरी कुटपिट गराइएको हो।

घटनापछि पीडित परिवारले दोषीमाथि कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय पकडीमा गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीविरुद्ध जाहेरी दिएको बताएका छन्।

प्रहरी स्रोतका अनुसार उजुरी दर्ता भइसकेको र घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।

यद्यपि, यस विषयमा गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले आरोप अस्वीकार गर्नुभएको छ। उहाँले घटना हुँदा आफू सो स्थानमा नरहेको, दुई पक्षबीच झगडा भएको मात्र सुनेको र घाइते भनिएकालाई उपचारका लागि बुटवल लगिएको जानकारी आफूले गराएको बताउनुभयो। कुटपिट घटनामा आफ्नो कुनै संलग्नता नरहेको उहाँको दाबी छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu