Connect with us
Kapilvast Forest

सशस्त्र प्रहरीका आइजिपीले लिए हिमाली र विकट क्षेत्रको वस्तुस्थितिबारे जानकारी

२०८२, २५ माघ शनिबारमा प्रकाशित

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हिमाली भेग तथा विकट ठाउँमा  काम गरिरहेका सशस्त्र प्रहरी कर्मचारी तथा कार्यालयहरूको अवस्था, मौसमी प्रतिकूलता, भौगोलिक अवस्था र वस्तुस्थितिबारे समेत जानकारी लिएका छन्। आगामी निर्वाचनबारे देशैभरिका प्रहरीलाई निर्देशन दिने क्रममा उनले शुक्रबार जानकारी लिएका हुन्।

उनले निर्वाचनको समयमा आउन सक्ने कठिनाइ र चुनौतीलाई समयमा नै आकलन गरी निर्वाचन सुरक्षार्थ खटिने सुरक्षाकर्मी तथा सम्बद्ध निकायहरूसँग समन्वय र सहकार्य गरी समाधान गर्ने तथा मौसम प्रतिकूलताका कारण हिमाली भेगहरूमा हिउँ पर्न सक्ने सम्भावना रहेको हुँदा वैकल्पिक मतदानस्थलको समेत पहिचान गर्न निर्देशन दिएका छन्।

महानिरीक्षक अर्यालले निवाचनमा खटिने सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा निर्वाचन प्रहरीले आमनागरिकलाई मतदान गर्न आउने–जाने समयमा आइपर्न सक्ने कठिनाइहरूमा समेत सहयोग र सहजताका लागि तयारी हालतमा रहन भनेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

निर्वाचनको समयमा विभिन्न खालको चुनौती तथा कठिनाइ पर्न सक्ने सम्भावना रहेको हुँदा निर्वाचनमा परिचालन हुने सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरू चनाखो भई कार्य गर्नुपर्ने बताउँदै निर्वाचनको समयमा आवश्यक पर्ने साधनस्रोत तयारी हालतमा राख्न उनकाे निर्देशन छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu