Connect with us
Kapilvast Forest

कपिलवस्तु करागारका कैदीबन्दीद्वारा जेल कब्जा

२०८३, १५ असार सोमबारमा प्रकाशित

कारागार कार्यालय कपिलवस्तुको २ नम्बर ब्लक कैदीबन्दीहरुले नियन्त्रणमा लिएका छन् । आज दिउँसो २ बजेदेखि उनीहरुले कारागारको भित्री भाग पूर्ण रुपमा नियन्त्रणमा लिएका हुन् । २ नम्बर ब्लकका कैदीबन्दी नारायण वलीले कारागार प्रशासनको ज्यादतीविरुद्ध आफूहरु आन्दोलित भएको र कारागार नियन्त्रणमा लिएको दाबी गरेका छन् । उनीहरुले २ नम्बर ब्लकका मूल नाईके केयरसिंह खत्री,सहनाइके विजय खत्री र अर्जुन थारुलाई भित्रै बन्धक बनाएर राखेका छन् ।

चौकीदार दामोदर थारु तथा मूलनाइकेसहितको समूहले शनिबार ४ जना कैदी बन्दीलाई निर्घात कुटपिट गरेको, सरकारले तोकेअनुसारको राशनपानी नदिएको,कारागार भित्रको क्यान्टिनमा चर्को मूल्य लिने गरेको र विरोध गर्नेहरुमाथि चरम ज्यादती गर्ने गरेका कारण बाध्य भई नाइकेहरुलाई बन्धक बनाउनुपरेको आन्दोलनरत कैदीबन्दीहरुको दावी छ । कारागार प्रशासन श्रोतका अनुसार चौकिदार दामोदर थारुको समूहले कैदीबन्दी मोहम्मद हनिफ मुसलमान, सुजन बि.क.,निरज कार्की तथा हबिबुर रहमानलाई ठूलो साउण्डमा गीत लगाएर बोरा भित्र राखी मुखमा कपडा हालेर निर्घात कुटपिट गरेका थिए । त्यसलगत्तै २ नम्बर ब्लकमा कैदीबन्दीको समूहवीच आइतबारदेखि नै बिवाद सुरु भएको थियो ।

विवाद बढ्दै गएपछि अहिले जिल्ला सुरक्षा समितिले सर्तकता अपनाउदै वार्ता गरिरहेको छ । आन्दोलनरत कैदीबन्दीले १८ बुँदे माग सम्वोधन हुनुपर्ने,उनीहरुलाई आन्तरिक कारागार प्रशासनबाट हटाउनुपर्ने र राज्यले दिँदै आएको सेवा सुविधामा कटौती गर्न नपाइने लगायतका माग राखेका छन् । कपिलवस्तु प्रहरीले भने कैदी बन्दीबिच सामान्य विवाद भएको र विवाद समाधानकै क्रममा रहेको,विवादका क्रममा कोही पनि घाइते नभएको जनाएको छ । कपिलवस्तु कारागारका २ वटा ब्लकमा गरी करिब ४ सय कैदीबन्दी छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu