कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ ।
जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उनको निधन भएको हो ।
कांग्रेस मुख्यसचिव कृष्ण दुलालले श्रेष्ठको निधनको पुष्टि गरेका छन् । अन्त्येष्टिअघि श्रद्धाञ्जलीका निम्ति उनको पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिनेछ । श्रेष्ठको शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीको लागि राखिने छ ।