१४ सांसद सहित संसद सचिवालयका ६५ जनामा कोरोना
काठमाडौँ-सांसद र संसद सचिवालयका कर्मचारीहरु समेत गरी ६५ जनामा कोरोना पुष्टि भएको छ । तीन दिनसम्म गरिएको स्वाव संकलनमा ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वाब संकलन गरिएकामध्ये ६१३ जनाको रिपोर्ट आउँदा सांसद १४ जना र संसदका कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीसमेत गरी ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
वैशाख २२ गते ६०९ जना, २३ गते ५२५ जना र २४ गते करिब १०० जनाको स्वाब संकलन गरिएको थियो । स्वाब दिएकामध्ये कतिपयको भने रिपोर्ट आउनै बाँकी रहेको छ ।