Connect with us
Kapilvast Forest

ललितपुर अर्को प्ले अफमा, बुटवल–लुम्बिनी बाहिरयो

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

 

काठमाडौं— प्रतियोगिताबाट बाहिरिने संघारमा पुगिसकेको ललितपुर सिटी एफसी बुधबार अन्तत नेपाल सुपर लिगको अन्तिम प्ले अफमा प्रवेश गर्न सफल भएको छ । उसले दशरथ रंगशालामा भएको इलिमिनेटरमा कप्तान अञ्जन विष्टको निर्णायक गोलको मद्दतले बुटवल–लुम्बिनी एफसीलाई १–० ले हरायो ।

ललितपुरको यो लगातार तेस्रो जित हो । ललितपुर लिग चरणका अन्तिम दुई खेलमा पनि विजयी रहेको थियो । यसपल्टको खेलमा भने अञ्जनले ६१ औं मिनेटमा निर्णायक गोल गरे । मार्की खेलाडी पनि रहेका उनले डाइभिङ हेड गर्दै गोल गरेका हुन् । प्रतियोगितामा उनको यो तेस्रो व्यक्तिगत गोल हो ।

खराब सुरुआतपछि ललितपुरले आफ्ना प्रमुख प्रशिक्षक प्रदीप हुमागाईंलाई बर्खास्त गरेको थियो । त्यसयता टिमले प्रतियोगितामा पुर्नआगमन रच्‍न सकेको हो । नयाँ मुख्य प्रशिक्षकमा राजु तामाङ नियुक्त भएपछि ललितपुरको भाग्य फेरिएको हो । ललितपुरले अब बिहीबार नै काठमाडौं रेजर्ससँग अर्को इलिमिनेटर खेल्नेछ । लिग चरणमा ललितपुरले बुटवल–लुम्बिनीलाई १–० ले हराएको थियो ।

हारसँगै प्रतियोगितामा बुटवल–लुम्बिनीको चुनौती समाप्त भएको छ । यसपल्ट बुटवल–लुम्बिनी गोलको सबैभन्दा नजिक ७९ औं मिनेटमा पुगेको थियो । तर उसका ओमोलाजा नुरेन करिमको प्रहार पोस्टमा लागेर फर्केको थियो । लिग चरणको समाप्तीमा रहेर बुटवल–लुम्बिनी चौथो स्थानमा रहेर पहिलो इलिमिनेटरका लागि छनोट भएको थियो ।

धनगढी एफसीसँग पराजित भएपछि काठमाडौंले यो दोस्रो इलिमिनेटर खेल्नु परेको हो । ललितपुरले भने अहिले प्राप्त जितपछि यो खेलमा आफ्नो चुनौती पेस गर्न पाएका हो । दोस्रो इलिमिनेटरमा विजयी हुने टिमले भने फाइनल प्रवेश गर्नेछ र शनिबार हुने उपाधि भिडन्तमा धनगढीको सामना गर्नेछ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu