सवारी दुर्घटनामा १६२ जनाले ज्यान गुमाए
सिन्धुली । सडक यात्रा सहज र सरल भएपनि दुर्घटना भने दिनानुदिन बढ्दै गएको छ । सवारी दुर्घटनामा प्रत्येक दिन १३ जनाको मृत्यु हुने गरेकाे छ । दर्जनाैं घाइते हुने गरेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ ।
राजधानी जोड्ने छोटो र सहजमार्ग मानिने सिन्धुलीमा पछिल्लो ५ वर्षमा २ सय ४८ सवारी दुर्घटना भएका छन् । त्यसमा १ सय ६२ जनाले ज्यान गुमाएका छन् । २ सय २७ जना गम्भीर घाइते र २ सय ३४ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ ।जिल्ला ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/ ७६ मा मात्रै ६८ दुर्घटनामा ४८ जनाले ज्यान गुमाउनु परेको छ । जसमध्ये ३३ जना पुरुष ९ महिला ३ बालक र १ बालिका छन् ।
दुर्घटनामा ७९ जना गम्भीर घाइते र ९१ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी सहायक निरीक्षक रमेश्वर पाण्डेले जानकारी दिनुभयो ।सडक पूर्वाधारको अवस्था, सडकको बढ्दो लम्बाई र निरन्तर बढिरहेका सवारी साधनको संख्यालाई हेर्दा आउने वर्षमा यो संख्या दोब्बर हुँदै जाने अनुमान गरिएको छ ।