Connect with us
Kapilvast Forest

चीनले आठ महिनामै बेच्याे १७ लाख विद्युतीय गाडी

२०७८, १९ भाद्र शनिबारमा प्रकाशित

एजेन्सी- – चीनले बितेको आठ महिनामा १७ लाख वटा विद्युतीय गाडी बिक्री गरेको छ । अघिल्लो वर्षको जनवरीदेखि अगस्टसम्म ६ लाख वटा विद्युतीय गाडी बिक्री गरेको चीनले यो वर्ष त्यसको झण्डै तीन गुणा अर्थात् १७ लाख विद्युतीय गाडी बिक्री गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

चीनका उद्योग तथा सूचना प्रविधि मन्त्री सीन गो बिनले विद्युतबाट चार्ज गर्नेदेखि हाइड्रोजन इन्धन लगायत नवीकरणीय उर्जाबाट चल्ने गाडीहरुको बिक्री बढेको बताउनुभएको खबरमा उल्लेख छ । उहाँले सरकारले प्रदुषण घटाउनका लागि नवीकरणीय उर्जाको प्रयोगमा प्रोत्साहन गरिरहेको पनि बताउनुभयो ।

कोरोना महामारीको कारण उत्पादनमा रहेको समस्या समाधान गर्दै थप विद्युतीय गाडीहरु उत्पादन गर्ने मन्त्री गो बिनले बताउनुभएको छ । यसैबीच अमेरिकाका राष्ट्रपति जो बाइडेनले विद्युतीय गाडीको प्रयोग बढाउन चार्जिङ स्टेशन थप विस्तार गर्ने बताउनुभएको छ ।

हरितगृह ग्याँसको उत्सर्जन रोकेर जलवायु परिवर्तनको असर कम गर्नको लागि विद्युतीय गाडीको प्रयोग महत्वपूर्ण हुने उहाँले बताउनुभएको रोयटर्सले जनाएको छ । उहाँले अहिले रहेका ४३ हजार चार्जिङ स्टेशनलाई बढाएर एक लाख २० हजार पुर्याउने, बसोबास क्षेत्रमा हरेक ५० देखि ६५ किलोमिटरको दुरीमा चार्जिङ स्टेशन राख्ने, चार्जिङ शुल्क घटाउने, चार्जिङ स्टेशनको गुणस्तर बृद्धी गर्ने लगायतका कार्यक्रम अघि सार्नुभएको रोयटर्सले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu