Connect with us
Kapilvast Forest

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा दिपावलीको शुभकामना

२०७८, १९ कार्तिक शुक्रबारमा प्रकाशित

 

काठमाडौं -अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि दिपावली मनाउनु भएको छ ।पत्नी जिल बाइडेनसँग ह्वाइट हाउसमा बल्दै गरेको दियोको तस्वीर उहाँले सार्वजनिक गदै दिपावली मनाउनु भएको छ । उहाँले लक्ष्मीपूजासमेत गरेपछि दियो बाल्नु भएको हो ।

तस्वीरको साथमा उहाँले हिन्दु, बौद्ध, खिस र जैन धर्मावलम्वीलाई दिपावलीको शुभकामना दिनु भएको छ ।‘दिपावलीको ज्योतिले हामीलाई अन्धकारबाट ज्ञानको सच्चाइ, विभाजनबाट एकता, निराशाबाट आशाको याद दिन्छ,’ सामाजिक सञ्जालमा उहाँले लेख्नु भउको छ, ‘अमेरिकासहित विश्वभरका हिन्दु, बौद्ध, सिख र जैनलाई दिपावलीको शुभकामना ।’

उपराष्ट्रपति कमला ह्यारिसले पनि एक भिडियो जारी गर्दै शुभकामना दिनु भएको छ । विश्वभर उज्यालोको पर्व मनाइरहँदा उहाँले आफूलाई पूरानो समयको याद आउने बताउनु भएको छ । कोरोनाका कारण आफन्त गुमाउनेहरुप्रति उहाँले समवेदना प्रकट पनि गर्नु भएको छ ।बेलायती प्रधामन्त्री बोरिस जोनसनले पनि दिपावली मनाउँदै शुभकामना दिएका छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu