गृहमन्त्री खाँणद्वारा भैरहवा विमानस्थलको निरीक्षण
भैरहवा – गृहमन्त्री बालकृष्ण खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नु भएको छ । गृहजिल्ला रुपन्देही आएका मन्त्री खाँणले शुक्रबार निर्माणधीन विमानस्थलको निरीक्षण गर्नु भएको हो ।
हाल विमानस्थलको परीक्षण उडानको लागि तयारी अवस्थामा छ। तर, विदेशबाट प्राविधिक नआएकोले परीक्षण उडान हुन सकेको छैन उहाँले निरीक्षणको क्रममा भन्नु भयो ।
निर्माणधीन विमानस्थलबारे जानकारी लिएका उहाँले विमानस्थलमा परीक्षण उडान आवश्यक रहेको भन्दै सम्झौता भएको कम्पनी आउन नसके विकल्प खोज्ने बताउनु भयो ।