Connect with us
Kapilvast Forest

सुनको मूल्य आज पनि घट्यो

२०७६, २० भाद्र शुक्रबारमा प्रकाशित

लगातार उकालो लाग्दै आएको सुनको मूल्य साताको उत्तरार्धमा भने केही ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारछापावाला, तेजाबी सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ । महासङ्घका अनुसार आज सुन तोलाको एक हजार ४०० र चाँदी प्रतितोला ४० ले घटेको छ ।

स्थानीय बजारमा शुक्रबार छापावाला सुनको मूल्य ७२ हजार कायम गरिएको छ । बिहीबार छापावाला सुन प्रतितोला ७३ हजार ४०० मा कारोवार भएको थियो । बिहीबार पनि छापावाल सुन प्रतितोला १०० ले घटेको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य ७१ हजार ७०० तोकिएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ७३ हजार १०० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्य ९०० कायम गरिएको महासङ्घले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ९४० खरीदबिक्री भएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu