Connect with us
Kapilvast Forest

कैलालीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०७८, १३ मंसिर सोमबारमा प्रकाशित

 

काठमाडौं – कैलालीको गोदावरी नगरपालिका–८ स्याउले चोकमा सोमबार बिहान साढे ३ बजे ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

अत्तरिया आउँदै गरेको ना ६ ख ५३६६ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । उनको पहिचान खुलेको छैन् ।

ट्रकको ठक्करबाट घाइते उनको उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएपछि मृत्यु भएको हो । मृतकको पहिचान खुलाउन प्रहरीले आफन्तको खोजी कार्य गरिरहेको छ ।

ठक्कर दिने ट्रक र ट्रक चालक कपिलवस्तु ९ भर्तापुरका २५ वर्षीय सैलेश नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu