Connect with us
Kapilvast Forest

उपसभामुख इन्दिरा रानाको प्रश्न– बहुमत छ भन्दै एउटा पदका लागि कसैको पटकपटक चरित्र हत्या गर्न पाइन्छ

२०८२, ४ भाद्र बुधबारमा प्रकाशित

मलाई हटाउने भनेर हस्ताक्षर अभियान चलेको सुनेँ । यसअघि पनि चलेकै हो । मैले केही बिराएको छैन । मेरो पदप्रति लोभ पनि छैन ।स्ताक्षर अभियान किन चलिरहेको छ भन्ने यहाँहरूमार्फत जनताले बुझिरहेका छन् ।हस्ताक्षरको कुरा सुनेपछि मैले कांग्रेस नेता डा। शेखर कोइरालालाई फोन गरेँ । डेमोक्रेसी भनेको एउटै व्यक्तिलाई पटक–पटक चरित्र हत्या गर्ने होे रु वा के हो भनेर प्रश्न गरेँ । उहाँले परिस्थिति नियन्त्रणबाहिर गइसकेको छ, कोसिस गरिरहेको छु भन्नुभयो ।

यसैगरी डा। सुनील शर्मा, कान्छाराम तामाङलगायत सांसदहरूसँग पनि कुराकानी भयो । उहाँहरूले चिन्ता नलिनु भन्नुभयो । जस्तो परिस्थिति आउँछ, सामना गर्नुको विकल्प छैन । तर, यसरी बहुमतको नाममा जतिवेला मन लाग्यो, जे पनि गर्ने हो भने लोकतन्त्र कहाँ पुग्छ ?

संयुक्त राष्ट्रसंघीय कार्यक्रममा सहभागिताका लागि छनोट भई भिसा आवेदन दिएको र भिसा अन्तर्वार्ताको मिति कार्यक्रमभन्दा पछाडि भएको भनेर चार–पाँचजना साथीहरू आउनुभयो । म भर्खर उपसभामुख भएको वेला थियो ।समाजसेवा गरेर आएको र सयौँ बच्चा हुर्काएको हिसाबले ममा सहयोगी भावना छ । यस्तैमा अन्तर्वार्ताको मिति अगाडि सारिदिन अनुरोध गरेको हो । उहाँहरूलाई सहभागिताका लागि छनोट गर्ने युएन आयोजक हो । भिसा दिने अमेरिकी दूतावासले हो । मैले त कार्यक्रमभन्दा अगाडि अन्तर्वार्ता गरिदिने व्यवस्था मिलाइदिने भनेर अनुरोध मात्र गरिदिएको हो । कुरा यत्ति हो ।

मैले अनुरोध पत्र लेखेको सन् २०२३ फेब्रुअरीमा हो । फेरि त्यो पत्र एम्बेसी पनि पुगेको छैन । संसद् सचिवालयमार्फत नियोजित रूपमा सार्वजनिक गरी पटकपटक राजनीतिक रूपमा चरित्र हत्या गर्न प्रयोग गरियो । आजपर्यन्त चलिरहेको छ ।आजको दिनमा जनताले वास्तविकता के रहेछ भनेर बुझिरहेका छन् । खासगरी कांग्रेस–एमाले गठबन्धन बनेपछि संवैधानिक परिषद्को गणित मिलाउन यो पत्र देखाइएको–ल्याइएको सुनिन्छ । बहुमत छ भन्दै एउटा पदका लागि कसैको पटकपटक चरित्र हत्या गर्न पाइन्छ रु भन्ने मेरो प्रश्न हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu