Connect with us
Kapilvast Forest

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, के हाेला पार्टी पुनर्गठन मुद्दा

२०८२, २९ आश्विन बुधबारमा प्रकाशित

काठमाडौ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक बस्दै छ । आजदेखि सुरु हुने बैठक असोज ३१ गतेसम्म बस्ने एमालेले जनाएको छ ।

केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान तय गर्नेछ । पार्टीको ११औँ महाधिवेशन आगामी मंसिरको तेस्रो साता गर्ने भएको छ । आइतबार गुन्डुमा बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

जेनजी आन्दोलनपछि एमालेमा पार्टी पुनर्गठनको विषय उठ्दै आएको छ । शुक्रबार बसेको सचिवालय बैठकमा पनि पार्टी पुनर्गठनको विषय नेताहरूले उठाएका थिए ।

नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । पार्टी उपाध्यक्षहरूले ओलीको राजीनामा माग गरेका थिए ।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहितका नेताहरूले ओलीको राजीनामा माग गरेका थिए । आइतबारको सचिवालय बैठकमा सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट ओलीको राजीनमाको पक्षमा उभिएका थिए ।

तर, ओली पद छोड्ने पक्षमा देखिएका छैनन् । केही नेताहरूले कार्यवाहक तोकेर महाधिवेशनमा जानुपर्ने धारणा राखेका थिए । ओली राजीनामा नदिने बरु छिट्टै महाधिवेशन गर्ने पक्षमा देखिएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu