Connect with us
Kapilvast Forest

भूमि विधेयकमा संशोधन प्रस्ताव राख्ने कांग्रेस सांसदहरूको बैठक बस्दै

२०८२, २५ असार बुधबारमा प्रकाशित

काठमाडौं –

भूमि विधेयकमा संशोधन प्रस्ताव राख्ने नेपाली कांग्रेसका सांसदहरूको बैठक बस्ने भएको छ ।भूमि विधेयक संसद्‍को कार्यसूचीमा परेपछि कांग्रेस असन्तुष्ट बनेको छ । भूमि विधेयकमा थप छलफल गर्नुपर्ने कांग्रेसको अडान छ । संसदीय समितिमा विधेयक फिर्ता गर्नुपर्ने कांग्रेस नेताहरूले बताएका छन् ।भूमि विधेयक कार्यसूचीबाट हटाउन दबाब दिने उद्देश्यले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संशोधनकर्ता कांग्रेसका सांसदहरूको बैठक डाकेका हुन् । बैठक केहीबेर पछि बस्ने छ ।

भूमि विधेयकमा शर्मासहित महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार सहित कांग्रेस सांसदहरू दिलेन्द्र बडु, राजेन्द्र केसी, सञ्जय गौतम, आशा विक, नागिना यादव, सिता मिजार, रमा पौडेल कोइराला लगायतले संशोधन प्रस्ताव राखेका छन् ।महामन्त्री थापा विदेश रहेकाले कांग्रेसका संशोधनकर्ताको बैठकमा उपस्थित हुन नसक्ने बताइएको छ । बैठक संसद् भवन स्थित संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बस्ने तय भएको छ ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा भूमि विधेयक छलफल र पारित गर्ने गरी प्रारम्भिक कार्यसूची सार्वजनिक गरिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu