Connect with us
Kapilvast Forest

२०८४ को चुनावमा माओवादीले एकल बहुमत ल्याउँछ : अग्नि सापकोटा

२०८२, २२ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं –

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले माओवादी केन्द्रले २०८४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा एकल बहुमत ल्याउने दाबी  गरेका छन्।न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले पार्टीको हालै सकिएको स्थायी कमिटी बैठकले पार्टीलाई नयाँ उर्जा दिएको बताए।

 हाल माओवादी पार्टीका जनवर्गीय संगठन, विभिन्न मुक्तीमोचाहरु असाधारण तरिकाले पार्टी निर्माणमा लागेकोले २०८४ सालमा माओवादी केन्द्रको स्पष्ट बहुमत आउने उनको दाबी छ।पार्टीले सञ्चालन गरेको हुलाकी राजमार्ग अभियान, मध्यपहाडी लोकमार्र्ग अभियानले माओवादीलाई जनतासँग जोड्न सफल भएको बताए।  माओवादी केही समय रुमल्लिए जस्स्तो, अल्मलिएजस्तो देखिएपनि अब यसले गति लिएको उनको भनाई छ।

नेता सापकोटाले कहिले एमाले, कहिले काँग्रेससँग मिल्ने हुँदा माओवादीको ‘छुट्टै अस्तित्व नभएको होकी’ जस्तो देखिँदा जनता, शहीद तथा बेपत्ता परिवार पार्टीसँग केही टाढा भएकोले पार्टी बीचमा केही कमजोरी भएको स्वीकार गरे। पार्टीको वर्ग दृष्टिकोण भुत्ते, धुमिल भएको कारण पार्टी शहीद परिवारप्रति उदासिनता भएको, जति ध्यान दिनुपर्ने त्यति ध्यान दिन नसकेको, जनतालाई पनि अलि बेवास्ता भएको जस्तो भएको उनको भनाइ छ।

उनले भने, ‘हाम्रो वर्ग दृष्टिकोण अलिकति भुत्ते भयो । अलिकति धुमिल भयो, त्यही वर्ग दृष्टिकोण भुत्ते, धुमिल भएकै कारणले गर्दाखेरि हाम्रो शहीद परिवारप्रति अलि उदासिनता, शहीद परिवारप्रति जति ध्यान दिनुपर्ने त्यति ध्यान दिन नसकेको, जनतालाई पनि अलि वेवास्ता भएको जस्तो भएको थियो।’

वर्गीय सम्बन्ध जुन स्तरमा गाढा, घनिष्ट हुनुपर्ने थियो, त्यो नहुँदा पार्टीप्रति शहीद, बेपत्ता परिवारका गुनासाहरु, चित्त दुखाईहरु पनि देखिएको उनले स्वीकार गगरे। उनकाअनुसार त्यसले माओवादी पार्टीलाई केही कमजोर बनाएको छ। पार्टीले २०८४ सालमा एकल बहुमत हाँसिल गर्नको लागी समाजवादी क्रान्तीको रुपरेखा र मागचित्र स्पष्ट पारेको उनले बताए।

२०८१ साल पुस २१ देखि २३ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले समाजवादी क्रान्तिको रुपरेखा, मागचित्रलाई प्रष्ट पारेको उनको भनाई छ। रुपान्तरण शुद्धीकरणका लागी पार्टीले विगतमा भएका कमी कमजोरीको आत्मासमिक्षा गरेर अगाडि बढेको उनले बताए।

दर्शन, विचार, दृष्टिकोण, रणनीति, कार्यनीति, कार्ययोजना, योजना, कार्यक्रम लागू गर्ने संकल्पका साथ पार्टीले केही समय अघि हुलाकी मार्ग केन्द्रित अभियान चलाएको उहाँले जानकारी दिनुभयो । उक्त अभियान आफूहरू जनताको भित्री तहसम्म पुगेर उनीहरुको समस्याका बारेमा अध्ययन गर्ने मौका लिएको बताए। महेन्द्रनगरबाट पोखरासम्म मध्यपहाडी लोकमार्ग अभियानले पार्टीको जनसम्बन्धलाई झनै सुदृढीकरण बनाएको उनको दाबी छ।

उनले स्ववियु निर्वाचन, नेपाल पत्रकार महासंघ, २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनको नतिजा प्रस्तुत गर्दै पार्टीले एकल बहुमत ल्याउने बताए। कांग्रेस एमाले जस्ता ठूला दल मिल्दा पनि स्ववियु, पत्रकार महासंघ र अन्य संघसंगठको निर्वाचनमा पार्टीले उत्कृष्ट नतिजा हाँसिल गरेको उनको भनाइ छ।

उनले भने, ‘स्थानीय तहको चुुनावमा हामी दोस्रो भयौँ। पूर्वमा हाम्रो पार्टी पहिलो नै भयो। नयाँ युवा पुस्तामा चाहिँ अलिकति भ्रम, कन्फ्युजन जस्तो भएको थियो नी त्यो चाहिँ साफ भएर स्ववियुमा काँग्रेस र एमाले मिलेर लड्दा पनि कतिपय ठाँउमा हाम्रो विद्यार्थी संगठनले विजयी हासिल गरेको छ।

नेपाल पत्रकार महासंघमा काँग्रेस एमाले दुवैथरी मिल्दा पनि केन्द्रमा कोषाध्यक्ष लगायत विभिन्न प्रदेशमा हामीले धेरै राम्रो सफलता हासिल गरेका छौँ। अन्य संघसंस्थाहरुमा पनि हाम्रो पार्टीले एक्लै लडेर पनि निकै राम्रो सफलता हासिल गरेको छ। अर्को कुरा हामीले फेरि जनताको मुद्दालाई पक्रन थालेका छौँ।’माओवादी पार्टीले जनताको मुद्दालाई फेरि पक्रन थालेकोले पनि जनताले अग्रगमनलाई रोज्ने हुँदा माओवादीलाई नै रोज्ने उनको दाबी छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu