भैरहवाका भुपेन्द्र भए नेपाल आइडल- ४ को विजेता
काठमाडौं- नेपाल आइडल सिजन-४ को विजेता भैरहवाका भुपेन्द्र थापा हुनुभएको छ।
एपी वान च्यानलबाट गायन प्रतिभा चौथो संस्करण नेपाल आइडलमा टप ५ मा पुग्नुभएको भुपेन्द्रले ५ प्रतिस्पर्धी पछाडी पार्दै सबैभन्दा बढी मत ल्याई विजेता बन्नु भएको हो ।
शनिबार साझ भएको ग्राण्ड फिनालेमा थापा चौथो संस्करणको सर्वोत्कृष्ट भई नेपाल आइडल उपाधि हात पार्नु भएको हो ।
थापा ३० लाख रुपैयाँ नगद र ट्रफी सहित विभिन्न स्पोन्सरबाट पुरस्कृत हुनभएको छ ।
त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ, सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाल हुनभएको छ । झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल भने चौथो र पाँचौं हुनभएको छ।