Connect with us
Kapilvast Forest

२ हजार ७ सय १६ स्तम्भ गायव

२०७६, १६ आश्विन बिहीबारमा प्रकाशित

काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय दैनिकले बिहीबार चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमण तयारीबारेको समाचारलाई प्राथमिकता दिएका छन् । पत्रपत्रिकामा एकै पटकमा मुलुकाकाे ५९ शहरमा फोरजी सेवा शुरु गरिएको समाचार पनि प्राथमिकताको साथ छापिएको छ ।

पत्रपत्रिकामा मेडिकल कलेजले विद्यार्थीमाथि गरेको ठगीसहित सामाजिक, आर्थिक, शिक्षा र स्वस्थ्य र विभिन्न निकायमा भएका अनियमितता समेत प्रकाशित भएको छ ।

गोरखापत्र दैनिक– परराष्ट्रमन्त्री प्रदिपकुार ज्ञवालीले नेपाल र चीनबीचको सम्बन्धलाई बलियो आर्थिक साझेदारीमा रुपान्तरणको सोचका साथ अगाडि बढाउने तयारी नेपालले गरेको बताउनुभएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणको तयारीबारे जानकारी दिनुहुँदै उहाँले नेपाल स्थायित्वको बाटोमा अग्रसर रहेका बेला चीनबाट उच्चस्तरीय भ्रमण हुन लागेकाले साझेदारीका विविध एजेण्डा रहने उहाँले बताउनु भयो ।

कान्तिपुर दैनिक– सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट(बीओपी) विस्तार गरिँदै आए पनि सीमा स्तम्भ हटाउने क्रम रोकिएको छैन ।

गृह मन्त्रालयका अनुसार मुलुकमा ८ हजार ५ सय ५३ सीमास्तम्भ हुनुपर्नेमा २ हजार ७ सय १६ स्तम्भ गायव छन् । नेपाल–भारत खुला सीमा जोडिएका स्थानमा ४ सय ५७ वटा सीमा स्तम्भ मात्र राम्रो अवस्थामा पाइएको छ ।

नयाँ पत्रिका दैनिक– प्रहरीको बढुवामा अब विभूषणको नम्बर गणना नहुने भएको छ । प्रहरीको नयाँ ऐनको मस्यौदामा विभूषण वापतको नम्बर हटाएको छ ।

बढुवामा विभूषणको नम्बर राख्दा विकृति बढाएको भन्दै गृह मन्त्रालयले बढुवा सम्बन्धी प्रावधान संशोधन गर्न लागेको हो । हाल विभूषण पाएका प्रहरीले बढुवामा मूल्यांकनमा २ नम्बर पाउँछन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu