Connect with us
Kapilvast Forest

कांग्रेसले पहिलोपटक एआईसम्बन्धी छलफल गर्दै

२०८२, १२ श्रावण आईतवारमा प्रकाशित

काठमाडौं-

नेपाली कांग्रेसले नेपालको विकासमा एआई (कृतिम बौद्धिकता) सम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम गर्दैछ ।पार्टीको विज्ञान तथा सूचना प्रविधि विभागको आयोजनामा केन्द्रीय कार्यालय सानेपामा आइतबार १० बजेदेखि हुने कार्यक्रमको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्ने भएका छन् ।कार्यक्रममा एआईको विकास, नीति, नेतृत्व र सम्भावनाबारे गहन छलफल हुने विभाग संयोजक सुशीला मिश्रले जानकारी दिएकी छन् ।

कार्यक्रमको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। मिनेन्द्र रिजालले प्रविधिको द्रुत विकाससँगै एआईको प्रयोगबारे आफ्नो धारणा राख्नेछन् ।कार्यक्रममा एआईको सम्भाव्यता, उपयोग र चुनौतीहरूबारे टुटलका संस्थापक तथा उद्यमी इञ्जिनियर शिक्षित भट्ट, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्का, काठमाडौं विश्वविद्यालयका प्रा। डा। सुदन झा, प्रधानमन्त्री कार्यालयअन्तर्गत ई–गभर्नेन्स आयोगका प्रमुख कार्यकारी अधिकृत दिपेश विष्ट तथा नेपाली कांग्रेसको प्रविधि विभाग सदस्य उज्ज्वल कोइरालाले प्यानल छलफलमा सहभागी हुनेछन् ।

कार्यक्रममा नेपालको विकासमा एआईसम्बन्धी नीति निर्माण, पूर्वाधार विकास, शिक्षादेखि रोजगारीसम्मका प्रभावबारे समग्र दृष्टिकोणमा छलफल हुने वुभाग संयोजक मिश्रले बताएकी छन् ।कांग्रेसले एआईसम्बन्धी बृहत छलफल पहिलोपटक गर्न लागेको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu